विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू जन्मिएको भोजपुर जिल्ला प्राचीन भएकाले कतिपयले आफूलाई ‘माझकिरातकी छोरी’ भनेर व्याख्या गरेको हुन सक्ने बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भनिन् कि यस्तो भाष्य अरू कसैले बनाएको हुन सक्छ।

भण्डारीले भनिन्, “धेरै हिसाबले भाष्य त निर्माण गर्न सकिन्छ। भोजपुरलाई त्यहाँको समुदायको प्राचीन समुदायको रूपमा चिनिन्छ। म त्यहीँ जन्मिएर हुर्किएकी हुँ, त्यसैले यो सामाजिक परिवेशले पनि मलाई असर गरेको छ।”

advertisement

अर्को प्रसंगमा उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेटलाई हाउगुजीका रूपमा हेरिनु नहुने बताइन्। भण्डारीले भनिन्, “शेखर कोइरालासँग मेरो भेट भएको हो। उहाँ मोरङ, विराटनगरका हो र हामी पनि यतै जन्मेर हुर्केका हौँ। यो भेटलाई अत्यधिक हाउगुजीको रूपमा लिन आवश्यक छैन। भेटमा देशका समस्याको समाधानबारे छलफल भएको हो।”

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com