काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर आरोप लगाएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले लिङ्देनमाथि भारतबाट चोरी गरेको गाडी झापामा ल्याएर बेचेर जीविकोपार्जन गरेको आरोप लगाए। साथै, गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनको क्रममा राप्रपाले मिलेर उनलाई चोट पुर्याएको पनि उनले बताए।

advertisement

प्रसाईंले भने, “राप्रपाका अध्यक्ष लिङ्देनमाथि म के भन्न सक्छु भने–उहाँ बैंक ठग हुनुहुन्छ। १५ गते जसरी धोका दिए, त्यसपछि उहाँले जीवनमा फेरि मलाई धोका दिन सक्नुहुन्न। भारतबाट चोरी गरेर ल्याएको गाडी बिर्तामोडमा बेच्ने जस्तो मान्छेको सन्तान म होइन। त्यसै दिन राप्रपाले मलाई छुरी हानेको थियो, तर म जीवित रहन सफल भएँ।”

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com