काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई अभियान रोक्न भारतको दिल्लीमा खरिद गर्ने प्रयास भएको बताएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “केही मारवाडी र तस्करहरूले ‘तेरो सम्पूर्ण ऋण तिरिदिन्छौँ, यो अभियान छोड्दे’ भन्दै मलाई किन्न खोजे, तर म नबिकेको व्यक्ति हुँ। मलाई नेपाल र नेपाली नागरिक चाहिएको छ।”

advertisement

प्रसाईंले गत चैत १५ गतेको तीनकुने घटनापछि पहिलोपटक सार्वजनिक रूपमा आफ्नो स्थिति ब्यक्त गर्दै राष्ट्रप्रेमी भएकै कारणले सिध्याउन खोजिएको आरोप लगाए। उनले भने, “यो देशमा राष्ट्रप्रेमी हुनु गाह्रो छ, दलाल भएर बाँच्न सजिलो छ।”

उनले आफ्नो अभियानले देशका सिमित व्यापारी र बिचौलियालाई असर पुर्‍याएको भन्दै उनीहरूले आफूविरुद्ध षड्यन्त्र गरिरहेको संकेत दिएका छन्। प्रसाईंले विनोद चौधरी लगायत केही व्यापारीप्रति लक्षित गर्दै बैंक र व्यवसाय छुट्याउनुपर्ने माग राखेका छन्। साथै, रानी ऐश्वर्यको १२ अर्ब र धीरेन्द्र शाहको ७ अर्ब रुपैयाँको अबशेष खोजी गर्नुपर्ने पनि उनले औँल्याए ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com