• Photo- QNA

रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको र एक सय ३४ जना घाइते भएको क्षेत्रीय परिचालन मुख्यालयले जनाएको छ ।

रुसी समाचार एजेन्सी (तास) का अनुसार घाइतेमध्ये ३१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने एक सय तीन जनालाई बाह्य बिरामीका रूपमा उपचार दिइएको छ ।

advertisement

सम्बन्धित अधिकारीहरूले खोज तथा उद्धार कार्य अझै जारी रहेको बताएका छन् ।

रियाजान क्षेत्र रसायन, धातु र प्लास्टिकसहितका धेरै ठूला औद्योगिक कारखानाको केन्द्र मानिन्छ । पछिल्ला दशकमा यहाँ अनेकौँ औद्योगिक दुर्घटना भएका छन् जसले ठूलो मानवीय क्षति र घाइते निम्त्याएका छन् ।

  • एजेन्सी

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com