काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा हमासको बन्दक बनाइएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएकी छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले भनिन् कि परराष्ट्र मन्त्रालयको सल्लाहअनुसार र इजरायली सरकारको सहयोगमा विपिनकी आमा र बहिनी हाल इजरायल भ्रमणमा रहेको छ। यस भ्रमणका क्रममा उनीहरूले इजरायली राष्ट्रपतिसँग भेट गरी विपिनको रिहाइको अपिल समेत गरेका छन्।

मन्त्री देउवाले आफूमाथि परराष्ट्रमन्त्रीको जिम्मेवारी आएदेखि नै विपिनको मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरिएको पनि बताइन्।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com