काठमाडौं । नेकपा (एमाले)काे संसदीय दल बैठक जारी छ। बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको थियाे।
पछिल्लो समय उपसभामुख इन्दिरा राना मगरलाई पदच्युत गर्ने विषयमा पार्टीभित्र निरन्तर छलफल चलिरहेका कारण आजको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।
यस्तै, प्रतिनिधि सभाको बैठक भने भोलि (बुधबार)का लागि निर्धारित छ।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया