काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बैठकमा सहभागी बनेको छ, उनीहरूले ४५ दिनअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए।

सत्तापक्षको बैठक नेपाली कांग्रेस र नेकपा एमालेको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो। उक्त बैठकमा कांग्रेस, एमाले, लोसपा, जनमत पार्टीसहित अन्य दलका प्रतिनिधिहरू सहभागी थिए।

advertisement

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा उपस्थित भइन् भने संसदीय दलकी नेता अनिता देवी सत्तापक्षको बैठकमा सहभागी भएकी छन्। प्रतिनिधि सभामा नाउपाका चार जना सांसद छन्।

बैठकमा कांग्रेस र एमालेले दुई तिहाइ बहुमतको लक्ष्य पूरा गर्न नाउपाको सहभागिता आवश्यक ठानेको हो। हालसम्म कांग्रेसका ८८ र एमालेका ७९ सांसद जोड्दा १६७ पुग्छ। यदि उपसभामुखलाई हटाउने निर्णय गर्नुपर्ने हो भने तत्काल बहाल २७४ सांसदमध्ये दुई तिहाइ अर्थात् १८३ सांसदको समर्थन आवश्यक पर्छ।

प्रतिनिधि सभा नियमावलीको नियम २१० अनुसार सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको देखिएमा प्रतिनिधि सभाका एक चौथाई सांसदको समर्थन लिएर पदबाट हटाउने प्रस्ताव लैजान सकिन्छ। २७५ सदस्यीय सभामा एक चौथाई ६९ जना सांसद हुन्छ। तर, यसलाई पारित गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ।

हाल प्रतिनिधि सभामा सत्तापक्षमा जनता समाजवादी पार्टीका ७, जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४, जनमत/नाउपा ४, लोसपा ४, जनमोर्चा १, नेमकिपा १, आजपा १ र स्वतन्त्र सांसद २ रहेका छन्। विपक्षी दलमा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा एकीकृत समाजवादीका १० सांसद छन्।

यसरी सत्तापक्षले उपसभामुख हटाउने प्रयासलाई दुई तिहाइ बहुमत सुनिश्चित गर्ने रणनीतिको भागका रूपमा नाउपाको सहभागिता महत्वपूर्ण रहेको छ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com