काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रस्ताव दर्ता गर्ने काम अहिले सत्तारुढ दलहरूले दुई तिहाइ मत सुनिश्चित गरेपछि मात्रै अघि बढाउने भएका छन्।

मंगलबार बिहानैदेखि नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर सङ्कलन गरिरहेका छन्। दुई पार्टीले अहिले सत्तारुढ अन्य दलसँग मत सुनिश्चित गर्न बैठक बसेको छ।

advertisement

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीकी सचिव अनिता देवीलगायत सहभागी छन्।

प्रतिनिधिसभा २७५ सदस्यीय भएकाले दुई तिहाइ बहुमत (१८४ मत) आवश्यक पर्छ। हाल कांग्रेससँग ८७ र एमालेसँग ७७ सांसद छन्। यी दुई दलको मत जोड्दा १६४ मत मात्र पुग्छ। बाँकी मत सुनिश्चित गर्न सत्तारुढ अन्य दलसँग छलफल भइरहेको छ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी (७ सांसद) र लोकतान्त्रिक समाजवादी पार्टी (४ सांसद) मिलाउँदा १७८ मत पुग्छ। बैठकमा जनमत (६ सांसद) र नागरिक उन्मुक्ति पार्टी (४ सांसद) सहभागी भएकाले उनीहरूको समर्थन सुनिश्चित भएपछि उपसभामुख रानालाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी छ।

जनमत पार्टी मात्रको समर्थनले पनि प्रस्ताव पास हुन आवश्यक दुई तिहाइ मत पुरा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com