काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।

आज ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

advertisement

आज सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव ४०, विकास बैङ्क शून्य दशमलव २०, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, जलविद्युत् शून्य दशमलव १६ र लगानी समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।

त्यसैगरी जीवन बिमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव १२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव ११, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु ३१ करोड ७२ लाख ३७ हजार ८७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको पाँच लाख ४३ हजार छ सय कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com