काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सांसदहरूको हस्ताक्षरलाई राजनीतिक दलहरूले दुरुपयोग नगर्ने स्पष्ट बताएका छन्।

मंगलबार सिंहदरबारमा हस्ताक्षर प्रक्रिया सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दलहरूले आफ्ना सांसदहरूसँग हस्ताक्षर लिनु सामान्य प्रक्रिया भएको र त्यसमा कुनै नौलो कुरा नभएको बताए।

advertisement

‘संसदीय दलले बेला–बेलामा माननीयहरूको हस्ताक्षर लिइराख्छ। आपतकालीन वा आवश्यक काममा प्रयोग गर्नका लागि हो। तर यसको दुरुपयोग हुँदैन,’ भट्टराईले भने, ‘यो अभ्यास २०४८ सालदेखि निरन्तर हुँदै आएको हो। दलले आफ्ना सांसदहरूको हस्ताक्षर नियमित रूपमा संकलन गर्ने गर्छ।’

कांग्रेस र एमालेबीच सहमति भएर एउटै दिन हस्ताक्षर भएको भन्ने कुरा असत्य भएको स्पष्ट पार्दै उनले एकैदिन परेको मात्र संयोग भएको बताए।

‘यो कांग्रेससँगको मिलेमतो होइन। एउटै दिन परेको संयोग मात्रै हो,’ उनले भने, ‘यस्ता हस्ताक्षरहरू विभिन्न काममा, जस्तै महाअभियोग वा सरकार परिवर्तनजस्ता प्रक्रियामा प्रयोग हुने गरेका छन्।’

त्यससँगै सचिव भट्टराईले संसद आगामी भदौ महिनाभर सञ्चालन हुने जानकारी पनि दिए।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com