काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी २० सिरिजमा नेपालले बुधबार आफ्नो पाँचौ खेल खेल्दैछ। नेपाली समयअनुसार बुधबार बिहान ११ः १५ बजे नेपालले अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले हालसम्म सिरिजमा खेलेका चार खेलमध्ये तीन हार र एक जित निकालेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। चौथो खेलमा भने मंगलबार नेपालले होबार्ट हरिकेन्सलाइए पराजित गरेको थियो ।

advertisement

११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ। तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ।

अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ। नेपालले यो सिरिजको अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

मंगलबार भएको खेलमा नेपालले अस्ट्रेलियाको घरेलु क्लब होर्बाट हुुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा होर्बाट १६ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । होर्बाटलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि नन्दन यादवले ३ ओभरमा २५ रन खर्चिएर ५ विकेट लिए ।

रोहित पौडेल, रिजन ढकाल, सन्दिप लामिछाने र कुशल भूूर्तेलको नाममा १–१ विकेट रह्यो । टस जितेर ब्याटिङ सुरु गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३, आशिफ शेखले २९ तथा कुशल भूर्तेलले २७ र लोकेश बमले २५ रन बनाए ।

 

 

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com