नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय किसान गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट ज्यान गएको छ ।

बुधबार बिहान आफ्नै घरबारीमा मकै खान पसेका बाँदरलाई धपाउने क्रममा ठूलो संख्यामा आएका बाँदरको फौजले उनलाई आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । आक्रमणपछि अचेत भएका उनलाई छिमेकीहरूले उद्धार गरी तत्कालै उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।

advertisement

उनका अनुसार एक सयभन्दा बढी संख्यामा रहेका बाँदर अचानक भीड बनाएर आक्रमण गर्दा नेपाली गम्भीर घाइते भएका थिए । घरबारी जोगाउन धपाउन खोज्दा उल्टै प्राण गुमाउनु परेको स्थानीयको भनाइ छ ।

बाँदरको बढ्दो आक्रमणले यस क्षेत्रका किसान त्रसित रहेका छन् । स्थानीयले कृषकको ज्यानै जाने अवस्थामा पुगेको समस्या समाधानका लागि तत्काल सरकारी पहल आवश्यक रहेको माग गरेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com