काठमाडौं । नेपाली प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक स्थगित भएको जानकारी दिएका छन्।
उपाध्यायका अनुसार, पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकताका कारण बैठक स्थगित गरिएको हो।
मंगलबार बसेको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासको माध्यमबाट सरकारले अधिनायकवादी र निरङ्कुशतर्फ अघि बढ्ने संकेत गरेको निष्कर्ष निकालेको थियो।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया