काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमगरमाथि भएको आक्रमणको विरोध जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखमाथि भएको आक्रमणको घोर भर्त्सना व्यक्त गरे। उनले भने, “बालुवाटार, बुढानीलकण्ठ र सिंहदरबारका बैठकहरूमा हाम्रो पार्टीका सदस्यले नभए पनि जसले यो आक्रमण गरेका छन्, त्यसको हामी घोर भर्त्सना गर्छौँ।”

advertisement

परियारले सार्वभौम संसद्का सदस्यहरूलाई यस घटनाको विवेचना गर्न आग्रह गरे। मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनको गरिमा चोट पुर्‍याएको उनले बताए।

उनले थपे, “लोकतन्त्रको विरासत धारण गर्नेहरूले सम्मानित सदन र सार्वभौम संसद्को उपसभामुखजस्तो जिम्मेवार पदलाई अवमूल्यन गर्नु लोकतन्त्रका लागि ठूलो खतरा हो। यस विषयमा रास्वपाको ठम्याइ स्पष्ट छ।”

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com