काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलुकमा जनअसन्तुष्टि तीव्र बन्दै गएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद, सरकार र संवैधानिक निकायहरूको गतिविधिप्रति आम नागरिक असन्तुष्ट देखिएको उल्लेख गरे। “जनतामा असन्तुष्टि बढ्नु हाम्रो मात्र होइन, राज्य र सम्पूर्ण राजनीतिको लागि पनि ठूलो चुनौती हो,” शर्माले भने।

advertisement

उनका अनुसार जनअपेक्षा अनुरूपका काम सम्पन्न नहुँदा नागरिकले प्रश्न उठाउन थालेका छन्। “जनताले चाहेअनुसार परिणाम दिन नसक्दा असन्तोष बढेको छ, त्यसप्रति हामी सचेत हुनुपर्छ,” उनले जोड दिए।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com