काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशले भोगिरहेको चुनौती समाधान गर्ने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गरेका छन्।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले चुनाव जित्ने आकांक्षा स्वाभाविक भए पनि सत्तामा पुग्दा पार्टीका मूल्य र सिद्धान्तसँग सम्झौता नगर्नुपर्ने बताए। “सत्तामा पुग्दा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त सत्ता कुनै अर्थ राख्दैन,” थापाले भने।

advertisement

उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने तर यसलाई अनियमित रूपमा प्रयोग गर्न नहुने स्पष्ट पारे। “मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन। वैधानिक निर्णय भए पनि पार्टीभित्र र समाजमा स्वीकार्य हुनुपर्ने हुन्छ,” उनले जोड दिए।

थापाले निर्णय गर्दा आम पार्टी पंक्तिले स्वीकार गर्छ कि नगर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने र समाजले निर्णयलाई स्वीकृति दिने अवस्था मात्र वैध ठहरिने बताए।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com