काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले वर्तमान सरकारलाई समर्थन कायम रहने र प्रधानमन्त्रीमाथि विश्वासको मत रहेको भन्दै संसद् सचिवालयमा पत्र पठाएकी छन्।

श्रेष्ठले पठाएको पत्रमा यसअघि २२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बदर गरिएको उल्लेख छ। ‘पार्टीको निर्णयअनुसार २०८२ असार २२ गतेको समर्थन फिर्ता लिने पत्र बदर गर्दै, अबको निर्णयअनुसार वर्तमान सरकारमाथि पूर्ण समर्थन रहने व्यहोरा जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ।

advertisement

यसअघि नाउपाका नेता गंगाराम चौधरीले सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए। तर करिब ४५ दिनपछि अध्यक्ष श्रेष्ठले अर्को पत्र पठाउँदै त्यो निर्णय अमान्य भएको स्पष्ट पारेकी हुन्।

योसँगै संसद् सचिवालयमा नाउपाबाट छुट्टाछुट्टै दुई खाले पत्र पुगेका छन्। सचिवालयले दुबै पत्र प्राप्त भएको स्वीकार गरे पनि यसबारे औपचारिक निर्णय भने अझै लिएको छैन।

प्रतिनिधिसभामा नाउपाका ४ सांसद छन्। हालै नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने प्रयत्नमा नाउपाको समर्थन खोज्दै अध्यक्ष श्रेष्ठसँग छलफल गरेका थिए। तर छलफललगत्तै उनले सरकारलाई समर्थन कायम राख्ने पत्र पठाएकी हुन्।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com