काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले हालको नेपाली राजनीति तर्कविहीन बन्दै गएको टिप्पणी गरेका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको राजनीतिक संस्कृतिमा व्यंग्य गर्दै भने, ‘अहिले लोकप्रिय नारा बनेको छ— नयाँ भ्रष्ट जिन्दाबाद, पुरानो भ्रष्ट मुर्दावाद। हामी पुरानाहरूले त रैथाने भ्रष्ट जिन्दाबाद भन्न खोजेको हो कि जस्तो देखिन्छ।’
भुसालले “नयाँ भ्रष्ट” भन्नाले कसलाई लक्षित गरेका हुन् भन्ने स्पष्ट नगरे पनि उनको कटाक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ निर्देशित रहेको देखियो।
उनले सहरमा तर्क नै हराएको बताउँदै भने, “अहिले राजनीतिमा तर्क हरायो। तर्कविहीन नाराले राजनीति चल्दा मुलुक विभाजित बन्ने जोखिम बढ्छ।”
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया