काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

भिटामिन ‘डी’ को कमीका कारण अस्वस्थ देखिएका सभापति लामिछानेलाई भेट्न प्रचण्ड पुगेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

advertisement

उनका अनुसार, राजनीतिक सदाशयता प्रकट गर्दै प्रचण्डले कारागारमै पुगेर लामिछानेलाई भेट्नु स्वागतयोग्य कदम भएको रास्वपाले आभार व्यक्त गरेको छ।

पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्न कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित अन्य नेताहरू पनि नख्खु कारागार पुगेका थिए।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com