दिल्ली प्रहरीले बुधबार बिहान दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक गुनासो सुन्दै गर्दा शारीरिक दुव्र्यवहार गरेको आरोपमा ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

उक्त व्यक्तिको पहिचान पश्चिमी राज्य गुजरातका राजेश खिमजीका रूपमा भएको छ । दिल्ली प्रहरीले हाल उनलाई आक्रमणको कारणबारे सोधपुछ गरिरहेको छ ।

advertisement

दिल्ली प्रहरीका एक अधिकारीका अनुसार, आक्रमणकारीले मुख्यमन्त्रीलाई थप्पड हाने र त्यसपछि उनको हात र कपाल समाते । “आक्रमणका क्रममा मुख्यमन्त्रीलाई हल्का चोट लागेको छ । उनको टाउकोमा सानो चोट लागेको छ र हाल चिकित्सकीय परीक्षण भइरहेको छ”, ती अधिकारीले भने ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन रिपोर्टअनुसार मुख्यमन्त्रीले नागरिकहरूसँग कुरा गर्दै र उनीहरूको गुनासो सुन्दै गर्दा एक व्यक्ति अचानक अगाडि आए । उनले कागजको टुक्रा दिए, चर्को स्वरमा बोल्न थाले, अपशब्द प्रयोग गरे र त्यसपछि थप्पड हाने ।

यसैबीच, गुजरातका मिडिया रिपोर्टहरूका अनुसार आक्रमणकारीकी आमाले आफ्नो छोरा ‘कुकुरप्रेमी’ भएको बताएकी छन् । उनका अनुसार, दिल्ली र आसपासका क्षेत्रमा बेवारिसे कुकुर हटाउने विषयमा हालैको विवादका कारण देशका विभिन्न भागमा शृङ्खलाबद्ध विरोध प्रदर्शन भइरहेका छन्, जसबाट उनका छोरा विचलित भएका थिए ।

एक दिनअघि मात्रै दिल्लीकी मुख्यमन्त्रीले सम्बन्धित सबै अधिकारीलाई कुकुरप्रेमीहरूको भावनामा चोट पु्यार्उने वा कुकुरलाई हानि पुर्याउने कुनै पनि कडा कदम नचलाउन कडा निर्देशन जारी गरेकि थिइन् ।

पार्टी सीमाभन्दा माथि उठेर राजनीतिक नेताहरूले महिला नेतामाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

रेखा गुप्ता सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) की नेत्री हुन्। उनले यस वर्ष फेब्रुअरीमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकि थिइन ।

  • एजेन्सी

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com