काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुधबार नख्खु कारागारमा भेटेका छन्।
प्रचण्डले आफ्नो पूर्व गृहमन्त्रीको अनुभव र अभिभावकत्वको आधारमा लामिछानेको अवस्था बुझ्न कारागार पुगेको बताएका छन्। भैरहवामा भेट गर्ने प्रयास असफल भएपछि उनी नख्खु पुगेको थियो।
भेटपछि प्रचण्डले लामिछानेको स्वास्थ्य र मानसिक अवस्थामा सुधार आएको बताए। उनले सुनाए, “भैरहवामा बस्दा उहाँको अवस्था निकै जटिल थियो, अनुहारमै पीडा देखिन्थ्यो। दुब्लाउनुभयो, धेरै कठिन परिस्थितिमा थिएँ भन्नुभयो। तर यहाँ आएपछि बसाइँ सहज भएको र राहत पाएको देखियो।”
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया