काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा भेटेका छन्।
सहकारी ठगी प्रकरणमा कारागारमा रहेका लामिछानेले भेटका क्रममा प्रचण्डसँग आफूलाई नेपाली कांग्रेस र नेकपा एमालेले सुनियोजित रूपमा फसाएको बताएका छन्। उनले भने, “कुनै अपराध नगरी फसाइएकोले मेरो र पार्टीको फाइदा पनि भइरहेको छ।”
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार लामिछानेले प्रचण्डलाई एमाले र कांग्रेस जस्तो नभएको र माओवादी केन्द्रसँग सहकार्य गर्दै अघि बढिरहेको जानकारी दिएका छन्। भेटमा प्रचण्डले लामिछानेको स्वास्थ्य लाभको कामना गर्दै पार्टीबीचको सहकार्य निरन्तर रहने दाबी पनि गरेका छन्।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया