भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच आज नयाँ दिल्लीमा सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ । उक्त वार्तामा दुबै देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी चासोका विषयमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो ।

प्रधानमन्त्री मोदीले भारत र चीनबीच आपसी समझदारी र विश्वास बढाउँदै विभिन्न क्षेत्रहरूमा दीर्घकालीन सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, उनले सीमासम्बन्धी मुद्दाहरूलाई शान्तिपूर्ण संवादद्वारा समाधान गर्दै यस्ता विषयहरूले द्वन्द्वको रूप नलिने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

advertisement

चीनका विदेशमन्त्री वाङ यीले आफ्नो भारत भ्रमणलाई भविष्यमा उच्चस्तरीय संवाद र सहयोगका लागि मार्ग प्रशस्त गर्ने अवसरका रूपमा लिँदै, दुबै पक्षले विभिन्न क्षेत्रमा संवाद संयन्त्र पुनः सञ्चालन गर्ने सहमति भएको जानकारी दिए । उनले चीन भारतसँग आपसी हितमा आधारित सहयोगलाई अझ सशक्त बनाउन पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

  • एजेन्सी

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com