काठमाडौं । उपसभामुख इन्दिरा राना संसदलाई जानकारी नै नदिइ अमेरिका भ्रमणमा गएको पाइएको छ। उनले संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाएकी थिइन्।

advertisement

कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेर गएको भन्ने प्रश्न उठाइन्।

कांग्रेस सांसद रामहरि खतिवडाले कार्यव्यवस्थामा राखेको जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद्को प्रतिनिधित्वका रूपमा उपसभामुख नगएको र अन्य विषयमा जानकारी नभएको बताएका थिए। राना साउन ३० मा अमेरिका गएको बुझिएको छ।

बैठकमा उपसभामुख इन्दिरा रानालाई पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव दर्ताका लागि नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेको विषयमा प्रतिपक्ष दलहरूले भने आपत्ति जनाए।

 

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com