काठमाडौं । अमेरिकी नौसेनाका एक जवान चीनलाई गोप्य सैन्य जानकारी बेचेको अभियोगमा दोषी ठहर भएका छन्।

क्यालिफोर्नियामा कार्यरत २५ वर्षीय नाविक जिनचाओ वेईलाई जासूसीसम्बन्धी षड्यन्त्र र अमेरिकी नौसेनाका जहाजसँग जोडिएका गोप्य तथ्यांक चीनलाई हस्तान्तरण गरेको अभियोगमा ६ मुद्दामा दोषी ठहर गरिएको सीएनएनले जनाएको छ।

अभियोजन पक्षका अनुसार वेईलाई एक चिनियाँ एजेन्टले सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर आफ्नो पक्षमा सामेल गराएको थियो। अमेरिकी सरकारी वकिलका अनुसार सैनिक सदस्यको नाताले पाएको विश्वास र जिम्मेवारीमाथि उनले गम्भीर विश्वासघात गरेका छन्।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com