काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालय कुनै पनि कारण देखाएर बन्द गर्न नपाइने प्रावधान विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा राखिनु पर्ने धारणा व्यक्त गरेकी छन्।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निजी विद्यालयका शिक्षकलाई समेत हड्ताल वा बन्द गर्ने अधिकार नदिनु आवश्यक रहेको बताइन्।

advertisement

उनले भनिन्, “विद्यालय वा विश्वविद्यालय कोही कसैले पनि बन्द गर्न पाउँदैन। तालाबन्दी वा हड्तालले विद्यार्थीको मौलिक हक हनन हुन्छ, जुन कुनै पनि कारणले स्वीकार्य हुँदैन।”

श्रेष्ठले थप भनिन्, “शिक्षकहरूले हड्ताल गर्न पाउँदैन भन्ने कुरा विधेयकमा राखिएको छ। तर यो प्रावधान निजी क्षेत्रका विद्यालयहरूमा समेत लागू गर्नुपर्छ। कुनै पनि बहानामा शैक्षिक संस्था बन्द गरिनु हुँदैन।”

सांसद श्रेष्ठले संविधानले तोकेको निःशुल्क र अनिवार्य शिक्षा सबैले पाउनुपर्ने भन्दै यसको कार्यान्वयन सुनिश्चित गर्न विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याइन्।

उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि निरन्तर छलफल जारी छ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com