काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कठोर शब्दमा आक्रमण गरेका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बस्नेतले जनयुद्धमा १७ हजार मानिसको ज्यान गएको स्मरण गराउँदै, त्यही युद्धकै आधारमा प्रचण्ड पटक–पटक प्रधानमन्त्री बनेको बताएका छन्। तर आज भने उनले चोरी, ठगी र विभिन्न आरोपमा मुछिएका व्यक्तिलाई बचाउँदै उनीहरूसँग हातेमालो गरेर आफ्नो राजनीति जोगाउने प्रयास गरिरहेको आरोप बस्नेतले लगाएका छन्।
उनका अनुसार तीव्र ओरालो लागिरहेको पार्टी जोगाउन र आफूलाई चर्चामा राख्न प्रचण्डले ‘जस्तोसुकै हर्कत र स्टन्टबाजी’ गर्न थालेका छन्। बस्नेतले प्रचण्डलाई “एउटा क्रान्तिकारी नेता कसरी पतनको चरम तहमा पुग्छ भन्ने ज्वलन्त उदाहरण” को रुपमा चित्रण गरेका छन्।

प्रचण्डले रविलाई भेटेपछि महेश बस्नेत भन्छन्- चोरी, ठगीकाे आरोपितलाई बचाउन लाग्याछन्
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया