सुदूरपश्चिम ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न क्रियाशील रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले परिवर्तनको अनुभूति दिन नसेकमा जनतामा सरकारप्रति नकारात्मक सन्देश जाने भएकाले सचेत भएर काम गरिरहेको बताए ।

advertisement

वर्तमान संविधान निर्माण भएपछि राजनीतिक संयन्त्र मात्र कार्यान्वयन भइरहेको र जनताका आधारभूत आवश्यकताका क्षेत्र स्वास्थ्य, शिक्षाजस्ता विषयमा सोचेअनुसार काम नहुँदा संविधानप्रति टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ ।

मन्त्री पौडेलले कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अस्पताल सञ्चालन गरेर एमबिबिएस पढाइ सुरु गर्न सरकार प्रतिवद्ध रहेको बताए।

उनले भने, “गेटा मेडिकल कलेजलाई ३०० शय्या बनाइन्छ, यसका लागि २५० जनशक्तिको दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइ सकिएको छ ।”

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com