काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा हालसम्म ३४ लाखले हस्ताक्षर गरेका छन्।
पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिँदै भने, लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन अभियान जारी रहेको छ। उनले बताए अनुसार, हस्ताक्षर संकलनबाट हालसम्म ६५ लाख रुपैयाँ सहयोग संकलन भएको छ।
हस्ताक्षर अभियान देशभरी, पश्चिमदेखि पूर्वसम्म, सक्रिय रूपमा सञ्चालनमा रहेको र हालै सुदूरपश्चिमको कञ्चनपुरबाट अभियान सुरु भएको उनले बताए। अभियानको नेतृत्व सचिवालय सदस्य दीपक बोहरा गरिरहेका छन्।
रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै पार्टीले असार ७ गतेदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको हो।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया