काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हल्का ज्वरो र रुघाखोकी देखिएको छ। प्रधानमन्त्रीको निजी सचिवालयले बिहीबार जानकारी दिँदै भनेको छ कि उहाँ स्वास्थ्यका कारण केही समय आराम गरिरहनु भएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सकले स्वास्थ्य जाँच गरी आराम गर्न सल्लाह दिएका छन्। यसैअनुसार प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो कि अहिले ओलीको सबै बाहिरी भेटघाट र कार्यक्रमहरू स्थगित गरिएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया