काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिप्रति असहमति जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले दुई छिमेकी देशबीच भएको यो सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए ।

advertisement

उनले भने, ‘सरकारले यसबारे जुन कदम अघि बढाएको छ । सबैलाई समेटेर अघि बढाओस् । हामी आग्रह पनि गर्न चाहन्छौँ । हाम्रै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे ध्यानाकर्षण गराउनुभएको छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’

उनले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । मतभेद भुलेर सबै राजनीतिक दलहरूले एकढिक्का भएर नेपाली भूमिका अरुको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने पनि थापाको भनाइ छ ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com