काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सधैं एमालेकै कार्यकर्ता भएर सक्रिय रहने दृढता व्यक्त गरेकी छन्। उनले पार्टीले रोक्ने प्रयास गरे पनि निरन्तर काम गरिरहने स्पष्ट पारिन्।

बिहीबार राजधानीमा आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा लिएको स्मरण गराइन्।

advertisement

‘त्यो सिद्धान्तको मर्म र भावना अनुसार काम गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसअनुरूप कार्य भए नभएको समीक्षा गर्दै अघि बढ्ने हाम्रो दायित्व हो।’

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com