काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्र नाजुक अवस्थामा रहेको टिप्पणी गरेकी छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उपमा दिँदै आयातमा आधारित भन्सार राजस्वमै देशको अर्थतन्त्र अडिएको बताइन्।

advertisement

भण्डारीले व्यापार घाटा बढिरहेको, वैदेशिक ऋण चुलिँदै गएको र दलाल पुँजी फस्टाइरहेको उल्लेख गर्दै राष्ट्रिय पुँजी भने फस्टाउन नसकेको चिन्ता व्यक्त गरिन्। “यो अवस्था दिगो विकासका लागि अत्यन्तै दुःखदायी हो,” उनले भनिन्।

उनले युवालाई देशमै आकर्षित गर्ने खालका नीति बनाउन सरकारलाई सुझाव दिँदै नयाँ पुस्ताको आकांक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com