काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धन सरकार आफ्नो न्यूनतम साझा कार्यक्रम र सहमतिको जगबाट विचलित भएको आरोप लगाएका छन्।

संसदमा बोल्दै थापाले गठबन्धनको मुख्य आधार रहेको ७ बुँदे सहमतिका प्रमुख विषयहरू नै अलपत्र परेको भन्दै सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरे। उनले संविधान संशोधनलाई पहिलो बुँदा बनाएर स्थायित्व ल्याउने भनिए पनि अहिलेसम्म कुनै ठोस कदम चालिएको छैन भने। “राष्ट्रिय सभामा बहुमत आयोस् अनि गर्छौँ भन्ने हैन, तत्काल प्रमुख प्रतिपक्षीसहित संयन्त्र बनाएर अघि बढ्नुपर्छ,” उनले जोड दिए।

advertisement

आर्थिक सुधारका एजेन्डामा पनि सरकारले गति गुमाएको थापाको आरोप थियो। “सुरुवातमा २९ वटा कानुन संशोधन गरेर जुन ऊर्जा देखियो, त्यो अब देखिँदैन। सार्वजनिक खरिद ऐन, पूर्वाधार र कर कानुनमा सुधार गर्ने भनियो। तर पूर्व अर्थसचिव रामेश्वर खनालको आयोगले सिफारिस गरेको ४०८ क्रियाकलापमध्ये ८० प्रतिशत काम सुरु पनि भएको छैन,” उनले प्रश्न गरे।

उनले सरकार बनेको पहिलो तीन–चार महिनाको गति र ऊर्जालाई फेरि फर्काउन सके अझै धेरै काम गर्न सकिने बताउँदै अहिले भने सरकार आफ्नो मुख्य प्राथमिकताबाट भड्किएको टिप्पणी गरे।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com