काठमाडौं । कोलम्बियाको काली शहरमा भएको कार बम विस्फोटमा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार, यो आक्रमण मार्को फिदेल सुवारेज सैन्य विमानन विद्यालयलाई लक्षित गरेर गराइएको हो ।
बीबीसीले जनाएअनुसार विस्फोटको शक्तिशाली प्रभावका कारण आसपासका थुप्रै भवनहरूमा ठूलो क्षति पुगेको छ ।
कालीका मेयर आलेखान्द्रो एडरले घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीको पहिचान वा जानकारी दिने व्यक्तिलाई ४० करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेका छन् । सुरक्षालाई ध्यानमा राख्दै उनले शहरका विभिन्न भवन तथा विद्यालय खाली गर्ने आदेश दिएका छन् र ठूला ट्रकहरूको आवागमनमा प्रतिबन्ध लगाएका छन् ।
यसअघि बिहीबार मात्र, उत्तर–पश्चिमी शहर मेडेलिन नजिकैको ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टरमाथि भएको आक्रमणमा कम्तीमा १२ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया