चिलीको अन्टार्कटिक क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

भूकम्प साँझ १०ः१६ बजे (०२१६ जिएमटी शुक्रबार) करिब ६.७ माइल (१०.८ किलोमिटर) गहिराइमा गएको थियो । यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको बताइएको छ ।

advertisement

ड्रेक प्यासेज दक्षिण अमेरिका र अन्टार्कटिकाबीच फैलिएको पाँच सय माइल फराकिलो अशान्त जलडमरूमध्य हो । यसले एटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ ।

राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पनि सुनामी आउने सम्भावना नभएको पुष्टि गरेको छ ।

चिलीको राष्ट्रिय विपद् प्रतिक्रिया सेवा (सेनाप्रेड) ले भूकम्पलाई ‘मध्यम तीव्रता’ को रूपमा व्याख्या गर्दै अन्टार्कटिक क्षेत्रका लागि ‘सावधानी चेतावनी’ जारी गरेको छ ।

चिलीको गृह मन्त्रालयको एक स्रोतका अनुसार दक्षिण अमेरिकी महाद्वीपको सबैभन्दा दक्षिणी बसोबास भएको क्षेत्र ‘म्यागालेन्स क्षेत्रका लागि कुनै खतरा छैन’ भनिएको छ ।

सेनाप्रेडले सावधानीको अवस्थामा राष्ट्रिय अन्टार्कटिक क्षेत्रका ‘समुद्र तट क्षेत्रहरू’ र ‘चट्टानी किनारहरू’ खाली गर्न आवश्यक रहेको बताएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com