पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालको अविभाज्य भूभाग भएको स्पष्ट पारेका छन् । उनले नेपाल सरकारले यस मुद्दामा कहिल्यै पनि आफ्नो अडान कमजोर नगरेको प्रष्ट पारे ।

प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले लिपुलेकसहित लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै स्वामित्वमा रहेको तथ्य प्रमाणले पुष्टि गरेको बताए । उनले भारतले नेपाली भूमि उपयोग गर्दै आएको उल्लेख गर्दै, यो संवेदनशील विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

advertisement

उनले भने, “दुई देशबीच व्यापारका नाममा करिडोर वा सडक बनाउन पाइँदैन । यो विषय अहिले डिप्लोमेटिक चरणमा पुगेको छ, त्यसैले डिप्लोमेटिक डायलगकै माध्यमबाट समाधान खोजिनुपर्छ । लडाइँ गरेर प्राप्त गर्ने कुरा हाम्रो कल्पनाभित्रै छैन ।”

मन्त्री गुरुङका अनुसार नेपालले निषेधित क्षेत्रभित्र व्यापारिक करिडोर निर्माणप्रति गम्भीर चासो राखेको छ । भारत र चीनबीच लिपुलेकमार्फत व्यापार पुनः सुरु गर्ने सहमति भएपछि विवाद पुनः सतहमा आएको उल्लेख गर्दै उनले यस विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक कूटनीतिक नोट जारी गर्नु उपयुक्त हुने धारणा राखे ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com