काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउन सरकारले देखाएको अचम्मको सक्रियता प्रति गम्भीर आपत्ति जनाएकी छन्।
आकस्मिक समय लिएर बोल्दै डाँगीले भनिन्, “जनताको समस्या समाधानमा सरकार सुस्त देखिन्छ, तर उपसभामुखलाई हटाउने मामलामा त अचम्मको फुर्ती देखाएको छ।”
उनले थपिन्, “सरकारले न्यायको सट्टा पक्षपातको नयाँ मापदण्ड लागू गर्दै अघि बढिरहेको छ। विभिन्न विवादास्पद मुद्दामा संलग्न मन्त्री र आफ्ना व्यक्ति जोगाएर मात्रै अगाडि बढ्ने काम भइरहेको छ।”
रास्वपाका प्रतिनिधिले सरकारको यस्तो व्यवहारलाई लोकतान्त्रिक र संवैधानिक प्रक्रियाविरुद्ध रहेको पनि औंल्याएका छन्।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया