काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले प्रतिनिधि सभामा उपसभामुख इस्वरी न्यौपानेलाई अपमानित नगर्न आग्रह गरेकी छन्।
शुक्रबारको बैठकमा बोल्दै उनले भनिन्, “उपसभामुखलाई आतंकित र अपमानित गर्ने काम भइरहेको छ, म यस्तो गतिविधिको कडा विरोध गर्दछु।”
सांसद राईले विपक्षी दलहरूको संसद बहिष्कार र सरकारको कामशैलीप्रति समेत कटाक्ष गरिन्। उनले भनिन्, “एकातिर दुई महिनादेखि दुई दलले संसद बहिष्कार गरिरहेका छन् भने अर्कोतिर सरकार साढे दुई वर्षअघिको पत्रलाई चटकेको चटकजस्तै देखाइरहेको छ।”
हालै उपसभामुख न्यौपानेले अमेरिका जान लागेका चार जनाको अन्तर्वार्ताको समय सार्न दूतावासलाई पत्र लेखेको विषय सार्वजनिक भएको थियो। त्यही पत्रलाई लिएर कांग्रेस र एमालेका सांसदहरूले आचरणसँग जोडेर प्रश्न उठाइरहेका छन्।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया