काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले लिपुलेकमा भारत–चीनबीच खुल्ने व्यापार मार्ग सम्बन्धी सहमति विरुद्ध कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेकी छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद चन्दले आवश्यक परे स्वतन्त्र रूपमा विरोध गर्न र संघर्षका लागि पनि तयार रहेको प्रष्ट पारेकी छन्। उनले भनिन्, “हामी आवश्यक परे चुनौती सामना गर्न तयार छौँ। तर मुख्य उपाय भनेको कूटनीतिक पहल नै हो। यसमा सरकारले ढिलाइ गरे डराउनु पर्दैन।”
सांसद चन्दले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको अवस्था संवेदनशील भएको र यस विषयमा तत्काल ध्यान दिनुपर्ने बताए। उनले दोहोर्याएर सरकारलाई सशक्त कूटनीतिक कदम चाल्न आवश्यक भएको स्मरण गराइन्।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया