काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेश प्रशिक्षण विभागका सदस्य हरि प्रसाद कडेललाई निलम्बन गरेको छ । शुक्रबार केन्द्रीय अनुशासन आयोगले औपचारिक निर्णय गर्दै कडेललाई तत्काल प्रभावबाट पदमुक्त गरेको हो ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयले कडेललाई नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ गरेपछि पार्टीले यो कदम चालेको हो ।
आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, “नक्कली शैक्षिक प्रमाणपत्र छपाइ प्रकरणमा प्रहरीले गरिरहेको छानबिन र अनुसन्धानलाई सहज बनाउन उहाँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराइन्छ ।”
यस्तै, घटनामा संलग्नता पुष्टि भएमा थप कारबाही हुने उल्लेख पनि विज्ञप्तिमा गरिएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया