काठमाडौं । आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहितका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
शुक्रबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। प्रवेश गरेका साह पार्टीका पूर्व केन्द्रीय सदस्यसमेत हुन्।
उपेन्द्र साहसँगै मनोजकुमार यादव, कान्तिदेवी महतो र सिमलकुमारी साह पनि एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष ओलीले प्रवेशकर्ता नेताहरूलाई स्वागत गर्दै भने, “केही समय अन्यको बहकावामा अलमलमा परे पनि अन्ततः आफ्नो घर फर्किनु भयो।”
ओलीले पार्टी प्रवेशका अवसरमा नयाँ सदस्यहरूलाई एमालेको मूल भावना र सिद्धान्तअनुसार काम गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया