काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नखोसिएको स्पष्ट पारेका छन्।

च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा उनले भण्डारीको सदस्यता कायमबारे उठेका प्रश्नमा प्रष्ट पार्दै, राष्ट्रपति भएपछि उनले नै पार्टी सदस्यता त्यागेको उल्लेख गरे। “हुदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दा कायम हुँदैन,” ओलीले भने।

advertisement

उनका अनुसार भण्डारीले पार्टीमा आएर सदस्यता नवीकरण वा नयाँ सदस्यताको लागि निवेदन दिएको तथ्य छैन। “पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने कुरा वास्तविकता होइन,” उनले जोड दिए।

ओलीले भण्डारीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “पार्टीमा असन्तुष्ट र जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर पार्टी एकतालाई असहयोग गर्नुहुन्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौं।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com