काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाबुको मुख हेर्ने दिनको अवसरमा सबैलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान आफ्ना ९६ वर्षीय बाबुसँग आशीर्वाद लिएको जानकारी गराउँदै सबैलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिए। उनले भने, ‘आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुसेऔँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ।’

advertisement

उनले आफ्ना बाबुबारे भने, ‘बुबा ९६ वर्षको हुनुभयो। कान अलिकम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनुपर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ।’

प्रधानमन्त्री ओलीले बाबुको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृसम्मानको प्रतीकात्मक दिन भएको बताउँदै बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नुपर्ने बताए।

 

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com