काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन शनिबार औपचारिक भ्रमणका लागि काठमाडौं आएकी छन् ।
तीनदिने नेपाल बसाइका क्रममा उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित उच्च पदस्थ अधिकारीहरूले उपराष्ट्रपति सुआनलाई स्वागत गरेका थिए ।
भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई विशेष महत्त्वपूर्ण मानिएको छ । आफ्नो औपचारिक कार्यक्रम पूरा गरेर उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश प्रस्थान गर्ने कार्यतालिका तय भएको छ ।
प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार













प्रतिक्रिया