काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान संघीयता ‘नक्कली’ भएको टिप्पणी गरेका छन्।

उनका अनुसार सदियौँदेखि पछाडि पारिएका समुदायले आत्मीयता अनुभव गर्न नसक्ने र सुशासन सुनिश्चित गर्न असमर्थ प्रणालीलाई वास्तविक संघीयता भन्न सकिँदैन।

advertisement

यादवले उदाहरण दिंदै भने, “भारत, अमेरिका, क्यानडा र स्वीजरल्यान्डजस्ता मुलुकहरू संघीय संरचनाकै कारण विश्वमा शक्तिशाली र समृद्ध बनेका छन्।”

देशलाई प्रगतिपथमा अघि बढाउन विविधतालाई आत्मसात गर्ने र सबै नागरिकले अपनत्व महसुस गर्ने खालको सत्य संघीयता कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com