एजेन्सी । अमेरिकी आक्रमणपछि इरानी आणविक साइटहरूमा ‘सीमित क्षति’ मात्र भएको प्रारम्भिक मूल्याङ्कन गरेको रिपोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रुद्ध बनाएपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले एक जर्नेललाई बर्खास्त गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू रोयटर्स र एपीका अनुसार शुक्रबार भएको बर्खास्तीमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) का प्रमुख लुटिनेन्ट जर्नेल जेफ्री क्रुजसहित अन्य दुई वरिष्ठ सैनिक अधिकारीहरू पनि परेका छन् ।
क्रुजलाई कुन आधिकारिक आधारमा हटाइयो भन्ने खुलाइएको छैन । तर राष्ट्रपति ट्रम्पले यसअघि नै अमेरिकी हमलाले इरानी आणविक साइटहरू ‘पूर्ण रूपमा ध्वस्त’ पारेको दाबी गरेका थिए भने डीआईएको प्रारम्भिक मूल्याङ्कनले त्यसलाई खण्डन गर्दै सीमित क्षति मात्र भएको देखाएको थियो ।
यस रिपोर्टपछि राष्ट्रपति ट्रम्प र उनका प्रशासनभित्रका उच्च अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका थिए, जसपछिको पछिल्लो कदमका रूपमा यो बर्खास्ती भएको बताइन्छ ।
प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार













प्रतिक्रिया