काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कथा अब केवल दन्त्यकथा मात्र भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा शेषनागले पृथ्वी बोकेको भन्ने मान्यता केवल अन्धविश्वास भएको बताए।

advertisement

उनले भने, “शेषनागले पृथ्वी बोकेको कहिल्यै प्रमाण छैन, न त भविष्यमा बोकेर राख्ने कुरा सम्भव हुन्छ। त्यो त मिथक हो। शेषनागले पृथ्वी बोकेर हल्लाउँदा भूकम्प आउँछ भन्ने कुरा दन्ते कथा मात्रै हो, विज्ञानले पृथ्वी आफैंको गति र संरचनाले चल्ने कुरा पुष्टि गरिसकेको छ।”

शर्माले संविधान निर्माणपश्चात जनताले प्राप्त गर्नुपर्ने वास्तविक फाइदा अझै पनि उपभोग गर्न नपाएकोमा गहिरो खेद व्यक्त गरे। उनले संविधानका प्रावधानहरू किताबमा मात्र सीमित रहनु दुःखद रहेको उल्लेख गर्दै भने, “संविधानमा उपलब्ध प्रगति हासिल गर्‍यौँ, तर जनताले त्यसको अनुभूति गर्ने अवस्था बनाउन चुक्यौँ। यो प्रश्न मैले आफैंलाई गरेको हुँ, तर अरू यसबाट डराउँछन्।”

उनले अन्तरिम व्यवस्थादेखि निरन्तर संसद्मा रहे पनि पछिल्लो समय संसद्को अवस्था हेर्दा निराशाजनक लागेको बताए।

शर्माले भने, “संविधानको उपयोग गर्ने अवसर सिर्जना गर्न नसकिएकोमा म आत्मग्लानि अनुभव गर्छु। अहिले त लाग्छ, कानुन नै चोरी हुने संसद्मा किन आएँ? आजभोलि संसद्मा बस्दा अलिकति दिक्क लाग्छ, सायद उमेर पनि पुरानो हुँदै गएको होला।” 

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com