काठमाडौँ । आगामी मंगलबारबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीको ‘ए’ टिमले भारतको गुहाटीमा ५ खेलको टी–ट्वान्टी सिरिज खेल्ने भएको छ ।

अनिल शाहको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले यहि साउन १८ गतेसम्म हुने सिरिजका लागि टोलीको घोषणा गरेको हो ।

advertisement

नेपाली टोलीमा विकेट किपरका रुपमा शाह सहित अर्जुन घर्तीमगर, तृतराज दाश, शुभ कंशाकार इशान पाण्डे, देव खनाल, सन्दिप जोरा र विवेक यादव छन् । यस्तै पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमलसिंह ऐरी, आदिल आलम अन्सारी, शेर मल्ल तथा युवराज खत्री र सागर ढकाल छन् ।

क्यानका अनुसार नेपाली ‘ए’ टोलीले आसामको टोलीसँग सो सिरिज खेल्न लागेको हो । लामो समय देखि राष्ट्रिय टोलीको क्याम्पबाट बाहिर रहेका आदिल आलम अन्सारीले यसपटक अवसर पाएका छन् ।

यस्तै सिनियर टोलीबाट खेल्दै आएका अनिल शाहलाई पहिलोपटक ‘ए’ टोलीको कप्तानको जिम्मेवारी दिइएको हो ।

 

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com