काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आठराई गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

आइतबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराउँदै भट्टराईले वडाध्यक्षमाथि भएको घटनाप्रति गम्भीर आपत्ति जनाएका हुन्।

advertisement

शनिबार बेलुकी जिल्ला कमिटी बैठक सकेर गाउँ फर्किने क्रममा सदरमुकाम तोक्मेडाँडामा सेन्दाङमाथि आक्रमण भएको थियो। घाइते भएका उनलाई उपचारका लागि झापास्थित विएनसी अस्पताल लगिएको छ।

सांसद भट्टराईले आक्रमणलाई आपराधिक गतिविधि भन्दै तत्काल दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। साथै उनले सर्वसाधारणको शान्ति–सुरक्षामा खलल पुर्‍याउने यस्ता अराजक घटनामाथि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनलाई चासो दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com